२०८१ भाद्र २८ शुक्रबार

‘ब्ल्याकमेल’ गर्ने एक जना पक्राउ

  • २०७८ माघ १५ शनिवार

काठमाण्डौ :  वैदेशिक रोजगारीमा भएको बेला उतैबाट नेपालमा एक महिलालाई  गर्ने एक जनालाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीबाट घर फर्किन लागेका कास्की रुपा गाउँपालिका–७ का ३१ वर्षीय मुक्तिनाथ खनाललाई महानगरीय प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले नेपालमा एक जना महिलालाई फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाएर म्यासेन्जरमा कुराकानी गर्ने र ललाइफकाइ, डर धम्की देखाएर ती महिलाको नाङ्गो फोटो तथा भिडियो प्राप्त गरि उनको श्रीमान् तथा आफन्तलाई पठाइदिने भन्दै ब्ल्याकमेल गर्ने गरेको प्रहरीले जनाएको छ ।