२०८१ चैत ३ सोमबार

मानव मलमूत्र व्यवस्थापन केन्द्रको काम अन्तिम चरणमा

  • २०७८ माघ १६ आइतबार

काठमाण्डाै : मानव मलमूत्र व्यवस्थापन केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । कैलालीको टीकापुर नगरपालिका– १ मा निर्माणाधीन व्यवस्थापन केन्द्रको काम पचासी प्रतिशत सकिएको र बाँकी दुई महिनामा भित्रमा सम्पन्न हुनेगरी काम भइरहेको जनाइएको छ ।

सो केन्द्र सञ्चालनमा आएपछि दैनिक ९ घनमिटर अर्थात ९ हजार लिटर मलमूत्र व्यवस्थापन गर्न सहज हुनेछ । यतिखेर घरको मलमूत्र ट्याङ्कीबाट निकालेर खुल्ला ठाउँमा जथाभावी फाल्ने गरिएको छ ।

विगत चार वर्षदेखि नगरपालिकाको सो मेशिनमार्फत घरमा जम्मा भएको मलमूत्र निकालिए पनि फाल्ने स्थानको समस्या थियो । यसरी जथाभावी फोहर व्यबस्थापन गर्दा वातावरण दुर्गन्धित हुने गरेको छ । फाइल तस्विर