२०८१ भाद्र २४ सोमबार

कांग्रेस सम्बद्ध अध्यक्षले दिए राजीनामा, यस्तो छ कारण-

  • २०७८ माघ १६ आइतबार

काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल आदिवासी जनजाति संघका केन्द्रीय सभापति इन्द्रबहादुर गुरुङले राजीनामा दिएका छन् । पार्टीले आदिवासी जनजाति समुदायलाई सहयोग नगरेको भन्दै उनले राजीनामा दिएका हुन् ।

गुरुङले पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गरेर लेखेको राजीनामा पत्रमा भनिएको छ, ‘आफ्नो विवेक र ल्याकतले भ्याएसम्म सक्रिय रहँदै आएको सन्दर्भमा पार्टीबाट आदिवासी जनजाति समुदायको पक्षमा खासै चासो र सहयोग प्राप्त हुन सकेको अवस्था छैन ।’

अघिल्लो सरकारले खारेज गरेको चाडपर्वका विदालाई अहिले कांग्रेस नेतृत्वको सरकारले मौन समर्थन गरेको भन्दै उनले नैतिकताको आधारमा पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।