२०८१ असार ११ सोमबार

बस र मोटरसाइकल ठोक्किंदा एकको मृत्यु, १३ घाइते

  • २०७८ माघ १६ आइतबार

सर्लाही : बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं १२ बाँके जंगलमा रात्रि दुर्घटनामा १३ जना घाइते भएका छन् ।

बरियारपट्टी सिरहाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ७५३ नं. को बसले विपरीत दिशातर्फमा रहेको ना. २९ प. ४४९८ नम्बरको मोटरसाइकललाई गएराति ९ बजे ठक्कर दिएको थियो र बस सडक किनारमा पल्टिएको थियो ।

बसको ठक्करबाट मोटरसाइकलको पछाडि सवार ईश्वरपुर नगरपालिका वडा नं. १२ घारीबथान बस्ने २७ वर्षीय भक्त बहादुर खड्काको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बसको ठक्करबाट मोटरसाइकल चालक घारीबथानकै २६ वर्षीय अरुण खड्का गम्भीर घाइते भएका छन् । गढिमाई अस्पतालमा लालबन्दीमा उपचार हुन नसकेपछि उनलाई थप उपचारको लागि नेश्नल मेडिकल कलेज वीरगञ्ज पठाइएको छ ।ratopati