काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय मातहतमा सरकारको भौतिक सम्पतीहरु निजी क्षेत्रलाई प्रयोग गर्न नदिने बताएका छन् ।
आइतबार मन्त्री पौडेलले केशर महलको निरीक्षणगर्दै महल परिसरमा रहेको जमीन निजी क्षेत्रलाई प्रयोजनको लागि नदिने बताएका भएका हुन्।
उनले विभिन्न सञ्चारमाध्यमहरुमा केशर महल बाहिरको जग्गा नीजि क्षेत्रलाई निजी प्रयोजनका लागि दिन खोजेको भन्ने समाचार प्रकाशित भएको भन्दै महलको निरीक्षणगरेको बताए ।
उनले सरकारी संरचनाहरु नियमविपरीत नीजि क्षेत्रलाई प्रयोगमा दिएको पाइएमा कानून अनुसार कारबाही गरिने पनि बताए ।
तपाइँको प्रतिक्रीया