काठमाण्डौँ : प्रदेश १ सरकारले आज मन्त्रालय विभाजन गर्ने भएको छ । त्यसका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।
बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गर्ने मुख्यमन्त्री निकट स्रोतले बताएको छ । प्रदेश १ मा हाल सातवटा मन्त्रालय छन् ।
नियमावली संशोधन गरी मन्त्रालयको संख्या मुख्यमन्त्री कार्यालयसहित १२ पुर्याउने तयारी छ । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले मन्त्रालय विभाजन गर्ने तयारी रहेको बताए ।
मन्त्रालयको संख्या टुंगो लगाएपछि मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्रीको तयारी छ । स्रोतका अनुसार उनले मन्त्रिपरिषद्को संख्या १५ सदस्यीय बनाउने तयारी गरेका छन् ।
तपाइँको प्रतिक्रीया