काठमाण्डौँ : खानेपानी अभाव हुँदा बसाईँ सर्ने क्रम बढेको पाइएको छ । सङ्खुवासभा सङ्खुवासभामा खानेपानीको चरम अभाव भएपछि बसाइँ सर्ने क्रम बढेको छ ।
खानेपानीको हाहाकार भएपछि चैनपुर नगरपालिका–१० का विभिन्न गाउँका १४ परिवारले गाउँ छाडेका छन् । वर्षौँदेखि खानेपानी अभाव भएका कारण चैनपुर–१० का १४ घरपरिवार बसाइँ सरेका हुन् ।
सल्लेरी, कल्लेरी, इखुम्बा झिलझिले, साल बिसौना र मलाटेका लगायत गाउँमा चरम खानेपानी अभाव भएपछि स्थानीयवासी बसाइँ सर्न बाध्य भएका छन् । चैनपुरको १० नं वडाबाट २ वर्षमा १४ घरपरिवार तराई बसाइँ सरेका वडाध्यक्ष तेतबहादुर कटुवालले जानकारी दिए।
चैनपुर नगरपालिकाको करिब दुई हजार ५०० घरधुरीमा खानेपानीको अभाव रहेको छ । गाउँमा पानीको मुहान नहुँदा पिलुवा खोलाको धमिलो पानी ल्याएर प्रयोग गर्ने बाध्य छन् ।
तपाइँको प्रतिक्रीया