काठमाण्डौँ : केही दिनयता लगातार ओरालो यात्रामा रहेको सुनको मूल्य आज पनि उकालो लागेन् । आज पनि सुन तोलामा ४०० रुपैयाँले घट्दै ९१ हजार ८०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत आइतबार छापावाला सुन तोलामा ४०० रुपैयाँले नै घट्दै ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा ४०० रुपैयाँले घट्दै ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने गत आइतबारको मूल्यमा १० रुपैयाँले घट्दै प्रतितोला एक हजार २४० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
तपाइँको प्रतिक्रीया