२०८१ असार ४ सोमबार

२४ घण्टामा ५ हजार २ सय ९२जनामा कोरोना

  • admin २०७८ माघ १७ सोमबार

पछिल्लो २४ घण्टामा आज ५ हजार २ सय ९२ जना कोभिड संक्रमित थपिएका छन् । १६०८८ नमुना ९१०३६८ पीसीआर र १८२ ९एन्टीजेन० परीक्षण गर्दा ती संक्रमित पुष्टि भएका हुन् ।

पीसीआर र एन्टिजेन गरी १६ हजार ८८  जनाको नमुना परीक्षण गर्दा ५ हजार २ सय ९२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा थप ८१९१ जना निको भएका छन् । आज थप ८ जनाको कोभिड संक्रमणले मृत्यु भएको छ । सक्रिय संक्रमण संख्या ७९२७२ पुगेको छ । ३ लाख ६६ हजार जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

यस्तै आज काठमाडौंमा १३६१, ललितपुरमा २७१ र भक्तपुरमा ९० जना कोभिड संक्रमित थपिएका छन् । १८ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ ।