२०८१ असार ११ सोमबार

मौसम अप्डेट : पहाडी क्षेत्रमा बद्ली, तराईमा कुहिरो

  • २०७८ माघ १८ मङ्गलबार

काठमाण्डौ:  देशका पहाडी क्षेत्रमा मौसम बदलिएको छ । तराईमा हुस्सु र कुहिरो लागेको छ । हुस्सु र कुहिरो दिउँसोपख हट्नेछ ।

आज दिउँसो प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बद्ली रहनेछ ।

प्रदेश-१, वाग्मती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका एक, दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका उच्च पहाडी तथा हिमाली केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।

अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । भोलि बेलुकादेखि यसको प्रभाव थप बढ्ने सम्भावना छ ।