२०८१ असार ४ सोमबार

नेपाल र मरिससबीचको दोस्रो मैत्रीपूर्ण फुटबल आज

  • २०७८ माघ १८ मङ्गलबार

काठमाण्डौ : नेपाली राष्ट्रिय फुटबल टोलीले आज मरिसससँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ ।

खेल बेलुका पौने पाँच बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुनेछ ।

आजको खेलका लागि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पूर्व घोषित टोलीबाट दुई खेलाडी परिवर्तन गरेका छन् ।

डिफेन्डर अनन्त तामाङ र मिडफिल्डर प्रशान्त अवस्थीको ठाउँमा मनिष डाँगी र दर्शन गुरुङलाई राखिएको छ ।