२०८१ भाद्र २४ सोमबार

नेपालमा फेरि बर्डफ्लू, मोरङमा कुखुरा नष्ट

  • admin २०७८ माघ १८ मङ्गलबार

काठमाडौं : नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएको छ । मोरङ जिल्लाको ग्रामथान-१ खुनियाकट्टा र बुढिगंगा -५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले पुष्टि गरेको हो ।

कुखुरामा फेला परेको बर्डफलू रोग (एच फाइभ एन वान, एच फाइभ एन वान )  पुष्टि भएको पशु सेवा विभागले जनाएको छ।

विभागले सोमबार एकविज्ञप्ति जारी गर्दै बर्डफ्लू नियन्त्रणका लागि नियमित रूपमा सघन रोग सर्भिलेन्स, नमुना संकलन तथा प्रयोगशाला परीक्षणको कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइएको छ ।

कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आरटी पीसीआर विधिबाट परीक्षण गरेको थियो ।

 

विभागका अनुसार १६५० लेयर्स कुखुरा, ५० परेवा, ४२०० अण्डा, ११५० केजीदाना र ४००० गोटा अण्डाको क्रेट नष्ट गरिएको छ ।

‘एच फाइभ एन वान’ भाइरस निकै संक्रामक मानिन्छ। जसको संक्रमणले नेपालमा पहिलोपटक १५ चैत २०७५ मा काभ्रेका एक युवकको मृत्यु भएको थियो ।