२०८१ असार ४ सोमबार

सञ्चारमन्त्रीलाई कालो झण्डा

  • २०७८ माघ १८ मङ्गलबार

काठमाण्डौँ : सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई अनेरास्ववियुका कार्यकर्ताले कालो झण्डा देखाएका छन् ।

मंगलबार बिहान मन्त्री कार्की पुल्चोकस्थित क्वाटरबाट कार्यालय जाने क्रममा ललितपुरमा एमाले निकट अनेरास्ववियुका कार्यकर्ताले कालो झण्डा देखाएका हुन् ।

उनीहरूले ‘स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर’ भन्दै नाराबाजी समेत गरेका थिए ।