सप्तरी : जिल्ला अदालत सप्तरीले विभिन्न मुद्दामा दोषी देखाउँदै फैसला गरे पनि फरार भएका नौ जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।
कर्तव्य ज्यान मुद्दामा फरार रहेका राजगढ नगरपालिका-६ का राम किसुन खंग, शिव देव खंग, गर्भी खंग, रामसेवक खंग र हर किशुन खंग रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।
यस्तै लुटपाट मुद्दामा फरार रहेका डाक्नेश्वरी नगरपालिका-२ का दयावती बि.क., विरेन्द्र बि.क र दुलारी देवी वि.कलाई पनि पक्राउ गरी जरिवाना असुलीका लागि अदालतमा उपस्थित गराएको प्रवक्ता काफ्लेले बताए।
तपाइँको प्रतिक्रीया