२०८१ असार २ शनिवार

माधवकुमार नेपाललाई भेटेर फर्किए गृहमन्त्री खाँण

  • admin २०७८ माघ १९ बुधबार

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् । खाँणले बुधबार बिहान अध्यक्ष नेपालको निवास कोटेश्वरमै भेटेका हुन् ।

मावन नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार भेटमा खास विषयमाथि कुराकानी भएको छैन । उनले भने, ‘यो नियमित भेटघाट हो । खास विषय केही थिएन ।’ तर निर्वाचन आयोगले सरकारलाई आगामी ४ जेठमा स्थानीय तहको निर्वाचन मिति सिफारिस गरेकोप्रति माधवकुमार नेपाल सन्तुष्ट छैनन् । उनको चाहना भने आगामी चैतमा स्थानीय तहको निर्वाचन गर्नु पर्ने भन्ने छ । यसैकारण गृहमन्त्री खाँणले निर्वाचन मिति तोक्नुअघि नेता नेपालसँग राय सल्लाह लिएको स्रोतको दाबी छ ।

यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि बालुवाटार पुगेका छन् ।