२०८१ भाद्र २४ सोमबार

पश्चिमी वायुको प्रभाव : मेघगर्जन र चट्याङसहित वर्षाको संभावना

  • २०७८ माघ १९ बुधबार

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

बुधबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै, यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।