२०८१ असोज २९ मङ्गलबार

अर्थतन्त्र ‘कोल्याप्स’ हुने अवस्थामा पुग्यो : सीपी गजुरेल

  • २०७८ माघ १९ बुधबार

काठमाण्डाै : नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले एमसीसीका कारण सत्तारुढ गठबन्धन टुट्ने अवस्थामा पुगेको बताउनुभएको छ । नेता गजुरेलले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) का कारण सत्तारुढ गठबन्धन अहिले टुट्ने कि भरे टुट्ने भन्ने अवस्थामा पुगेको बताउनुभएको हो ।

पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू (क्रान्तिकारी) ले आज बुधवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका राज्यका मुख्य तीन अङ्ग असफल भइसकेको दाबीसमेत गर्नुभयो ।

नेता गजुरेलले देशकाे अर्थतन्त्रसमेत ‘कोल्याप्स’ हुने अवस्था पुगेको उल्लेख गर्दै यो सङ्कटबाट देशलाई निकास दिन कम्युनिस्ट क्रान्तिकारीहरू सहकार्यका साथ अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।

नेता गजुरेलले दक्षिणपन्थी अवसरवादमा पतन भएकाले प्रचण्ड र विप्लवहरूसँग आफ्नो पार्टीले एकता गर्ने कुनै सम्भावना नरहेको बताउनुभयो ।