२०८१ असार ११ सोमबार

कंगोको एक बजारमा बिजुलीको तार खस्दा २६ जनाको मृत्यु

  • admin २०७८ माघ १९ बुधबार

काठमाडौं : प्रजातान्त्रिक गणतन्त्र कंगोको एक बजारमा बिजुलीको तार खस्दा करेन्ट लागेर कम्तिमा २६ जनाको मृत्यु भएको छ।

उच्च भोल्टेजको तार बुधबार राजधानी किन्शासा नजिकैको घर र किनमेल गरिरहेका मानिसहरुमाथि खसेको थियो ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको अप्रमाणित फुटेजमा पानीको पोखरीमा धेरै शवहरू देखिएको बीबीसीले जनाएको छ ।

बिजुलीको तार के कारणले खस्यो भन्नेबारे स्पष्ट भएको छैन ।

तर एक विज्ञप्तिमा कङ्गोको राष्ट्रिय बिजुली कम्पनीले चट्याङले तरको एक भागलाई प्रहार गर्दा जमिनमा खसेको थियो ।