धनगढी : कञ्चनपुरको भीमदत्त नगरपालिका(१७ को बाँसखेडाकी जयन्ती भट्टका छोरा पंकज जन्मजात शारिरीक अपाङ्गता भएका व्यक्ति हुन् ।
२३ वर्षीय पंकज हिँडडुुल गर्न सक्दैनन् । परिवारका सदस्यले उनलाई बोकेरै भित्र(बाहिर गराउँछन् । पंकज मात्र होइन उनका कान्छा भाइ सन्देश पनि जन्मजात अपाङ्ग छन् ।
दुवै दाजुुभाइको शारिरीक अवस्था प्राय मिल्दोजुुल्दो छ । भाइलाई पनि पंकजको जस्तै बोकेरै भित्रबाहिर गराउनुपर्छ ।
दुुई भाइको हेरचाहका लागि परीवारको एक जना अनिवार्य रुपमा दिनभर खटिनुुपर्ने हुुन्छ । कहिलेकाहिँ रातिमा बेहोस हुने समस्याले गर्दा झनै समस्या हुने गरेको छ ।
एकातिर शारिरीक अपाङ्गता अर्कोतिर कोरोना महामारी फैलिएपछि छोराहरुलाई संक्रमण हुन्छ की भन्ने भय जयन्तीको मनमा गढेको छ ।
परिवारका अन्य सदस्यले कोरोना भाइरसविरुद्धको खोप लगाइसके पनि दुई छोराहरुलाई खोप केन्द्रसम्म लैजान नसक्दा उनीहरुले खोप लगाउन पाएका थिएनन् ।
तर मंगलबार भने घरमै पुगेको सरकारी अधिकारीसहितको टोलीले जेठा छोरा पंकजलाई खोप लगाइदिएको छ । कान्छा छोरोको उमेर नपुुगेको भन्दै खोप दिइएन ।
छोरालाई खोप लगाइसकेपछि खुुसी हुुँदै जयन्तीले भनिन्, ‘छोरालाई खोप केन्द्रसम्म लैजान नसकेकै कारण कोरोनाविरुद्धको खोप लगाउन पाइएको थिएन तर आज घरमै पाएकोमा खुुसी छौं ।’
आफ्नो छोरा जस्तै अपाङ्गता भएका अन्य व्यक्तिहरुलाई पनि घरमै पुगेर खोप लगाइदिए हुन्थ्यो भन्ने उनलाई लागेको छ ।
भीमदत्त नगरपालिका- १७ कै ८२ वर्षीय शंकरसिंह खड्काले पनि अहिलेसम्म कोरोना भाइरसविरुद्धको खोप लगाउन पाएका थिएनन् ।
कान कम सुन्ने, आँखा कम देख्ने र शारिरीक कमजोरीका कारण धेरै हिँडडुल गर्न नसक्ने भएकाले उनी खोप केन्द्रसम्म जान सकेका थिएनन् ।
‘कोरोना भाइरसले म जस्ता बुढा मानिसलाई छिट्टै थला पार्छ भन्ने सुुनेको थिएँ,’ खड्काले भने, ‘खोप लगाएपछि सुरक्षित भइन्छ भन्ने कुरा पनि नसुनेको होइन तर खोप केन्द्र जान नसकेका कारणले अहिलेसम्म खोप नलगाएको हुुँ ।’
तर मंगलबार आफ्नै घरमा पुगेको टोलीबाट खोप लगाइसकेपछि उनी ढुक्क छन् अब कोरोना भाइरसको संक्रमण भएपनि थला परिंदैन भन्ने आत्मबल बढेको खड्का बताउँछन् ।
बाँसखेडाकै ७० वर्षीय मनोरथ पाठक दम्पत्तीले पनि अहिलेसम्म कोरोनाविरुद्धको खोप लगाएका थिएनन् । दमको समस्या भएका मनोरथलाई शुरुका दिनमा गाह्रो हुन्छ की भन्ने डरले खोप लगाउन मनले मानेन ।
‘मान्छेहरु दमका बिरामीले कोरोनाको खोप लगाउनु हुँदैन भन्ने थालेपछि मलाई डर लाग्यो ।
त्यसैले अहिलेसम्म खोप लगाएको थिएन,’ मनोरथले अनलाइनखबरसँग भने, ‘पछि राम्रो हुन्छ भन्ने थाहा पाए पनि खोप पाइएन । खोप केन्द्रसम्म जान सक्ने आफ्नो अवस्था भएन ।’
तर जिल्ला स्वास्थ्य कार्यालय र भीमदत्त नगरपालिकासँगको समन्वयमा विभिन्न गैर सरकारी संघसंस्थाले सञ्चालन गरेको घरदैलो अभियान अन्तरगत खोप पाएपछि पाठक खुसी भएका छन् ।
उनकी ६५ वर्षीया श्रीमती गुरमा पाठकले पनि श्रीमानसँगै घर आँगनमै कोरोनाविरुद्धको खोप लगाएकी छन् ।
भीमदत्त नगरपालिकाकै अर्की स्थानीय ७१ वर्षीया मने भट्टलाई त कोरोनाविरुद्धको खोप लगाएपछि मरिन्छ की भन्ने डर लागेको रहेछ ।
‘कोरोनाको सुई लगाएपछि बिरामी भएपछि मरिने त होइन भन्ने सोचेर अहिलेसम्म डरले खोप नलगाएकी हुँ,’ भट्ट भन्छिन्, ‘अरु बिमारीले पनि च्यापेकाले के(के पो हुने हो रु जस्तो लाग्थ्यो ।’
अहिले भने उनलाई त्यो हल्ला बेकारको रहेछ भन्ने थाहा भएको छ । खोप लगाइसकेपछि उनलाई कोरोना संक्रमणकै कारण अब मरिंदैन भन्ने विश्वास बढेको छ ।
माथि उल्लेख गरिएका भीमदत्त नगरपालिका(१७ का यी व्यक्तिहरु अहिलेसम्म कोरोना भाइरसविरुद्धको खोपको पहुँच बाहिर रहेका प्रतिनिधिमूलक पात्र मात्र हुन् । ok
तपाइँको प्रतिक्रीया