२०८१ असार ६ बुधबार

बाँसघारीमा बालिका बलात्कार, १ जना पक्राउ

  • २०७८ माघ २० बिहीबार

बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङको सुन्दरहरैँचा नगरपालिका–५ बाँसबारीबाट एक जनालाई बुधबार साँझ पक्राउ गरेको छ।
१२ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा ५३ वर्षीय रामदेव चौधरीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

उनका अनुसार चौधरीले बालिकालाई बुधबार साँझ ५स्३० बजेतिर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

ललाइफकाइ घरनजिकको बाँसघारीमा लगेर बलात्कार गरेको खुलेपछि चौधरीलाई पक्राउ गरेर घटनाका बारेमा अनुसन्धान थालिएको श्रेष्ठले बताए।