२०८१ माघ ५ शनिवार

परराष्ट्रमन्त्री खड्कालाई कालो झण्डा

  • २०७८ माघ २० बिहीबार

उदयपुर : उदयपुरमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई कालो झण्डा देखाएका छन् । गृहजिल्ला आएका परराष्ट्रमन्त्री खड्कालाई नेकपा एमाले निकट अनेरास्ववियुका विद्यार्थीहरूले बिहीवार बिहान कालो झण्डा देखाएका हुन् ।

गाईघाट बजारबाट राजावासतर्फ जाँदै गरेको परराष्ट्रमन्त्री खड्कालाई मदन भण्डारी लोकमार्गको त्रियुगा हस्पिटल अगाडी कालो झण्डा देखाएका हुन् ।

कालो झण्डा देखाउने अनेरास्ववियुका भुवन दाहाल, मनोज तामाङसहित तीन जना विद्यार्थीलाई प्रहरी नियन्त्रणमा लिएको छ।

मन्त्री खड्का उदयपुरमा आयोजित कार्यक्रम उद्धाटनका लागि गएका छन् ।