२०८१ असार ४ सोमबार

लोक सेवाको स्थगित परीक्षा फागुन ६ देखि सञ्चालन हुने

  • २०७८ माघ २० बिहीबार

काठमाडौं : लोक सेवा आयोगका परीक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने भएका छन् ।

लोक सेवा आयोगले समय तालिका सार्वजनिक गर्दै उपसचिव वा सो सरह, शाखा अधिकृत वा सो सरह र स्वास्थ्य सेवा तर्फ नवौं, आठौं र सातौं तहको विभिन्न पदका लिखित परीक्षाहरू फागुन ६ गतेदेखि सञ्चालन हुने जनाएको छ ।

परीक्षा कोरोना भाइरसका कारण स्थगित भएको थियो । आयोगले स्थगित भएका सबै परीक्षा २०७९ सालको वैशाख १४ गतेसम्म सम्पन्न हुने उल्लेख गरेको छ ।