काठमाण्डौ : जनवरी महिनामा झन्डै १७ हजार जना पर्यटक नेपाल आएका छन् ।
अध्यागमन विभागका अनुसार जनवरी महिनमा १६ हजार नौ सय ७५ जना पर्यटक नेपाल आएका छ्न ।
यो अघिल्लो वर्षको तुलनामा दोब्बरले धेरै हो । सन् २०२१ को जनवरीमा नेपालमा आठ हजार आठ सय ७४ जना पर्यटक नेपाल आएका थिए ।
यो वर्षको जनवरीमा सबैभन्दा धेरै भारतबाट तीन हजार नौ सय १६ जना पर्यटक नेपाल आएका छन् ।
युरोपका देशबाट तीन हजार पाँच सय २७ जना, अस्ट्रेलिया र न्युजिल्यान्डबाट एक हजार दुई सय ४० र अमेरिकी देशबाट तीन हजार ६ सय १८ जना पर्यटक नेपाल आएका छन् ।
तपाइँको प्रतिक्रीया