२०८१ माघ ६ आइतबार

सोलुखुम्बुमा ढिस्कोले पुरिदा १ जना गम्भिर घाइते

  • २०७८ माघ २० बिहीबार

सोलुखुम्बु : ढिस्कोले पुरिदा सोलुखुम्बुमा १ जना गम्भिर घाइते भएका छन् । बसन्तबजारका पासाङ शेर्पाको घरको बेस हाल्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिदा सोलुदुधकुण्ड नगरपालिका ११ तिङला बेलिडाँडाका ३० बर्षिय केदार कार्कीलाई पुरेको हो ।

प्रहरीका अनुसार आज दिउँसो अन्दाजी ३ः३० बजेको समयमा पासाङ शेर्पाको घडेरी खन्ने क्रममा माथीबाट झरेको माटोको ढिस्कोले कामदार कार्कीलाई पुरेको हो । कार्कीको टाउको, खुट्टा लगायत शरिरका विभिन्न भागमा चोट लागेको छ ।

घाइते कार्कीलाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरि उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको छ ।