२०८१ असार ४ सोमबार

पानीमा डुबेर बालकको मृत्यु

  • admin २०७८ माघ २० बिहीबार

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका-७ स्थित नहरमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा घर भई त्रियुगा नगरपालिका–७ स्थित बस्दै आएका मधुसूदन अधिकारीका छोरा लेखनाथ अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

दिउँसो १ बजे त्रियुगा खोलाको नहरमा खेल्ने क्रममा अचानक पानीमा डुबेर अचेत अवस्थामा आमाले फेला पारी तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुरमा लगिएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।