२०८१ माघ ५ शनिवार

Algebra Series Module – I को तयारी पूरा

  • admin २०७८ माघ २० बिहीबार

काठमाडौँ ,माघ २० : नेपाल गणित समाजको आयोजनामा अनलाइनरूपमा यही माघ २२ गते शनिबारदेखि सुरु गर्न लागिएको Algebra Series Module – I  को तयारी लगभग पूरा भएको छ ! हरेक शनिबार साँझ ७:०० बजेदेखि ८:३० सम्म चल्ने उक्त वर्कसपमा समाजका झण्डै १३६ जना सदस्यहरूको सहभागिता रहने र सोका लागि त्रिभूवन विश्वविद्यालय पूर्व उपकूलपति प्रा. डा. हिरा बहादुर महर्जनसहित मुलुकभित्र र बाहिरका गरी ११ जनाभन्दा बढी गणितज्ञ प्राध्यापक तथा अनुसन्धाताहरू क्रमिकरूपमा सहजकर्ताका रूपमा संलग्न रहनु हुनेछ।

Algebra  का केही आभारभूत सिद्दान्तहरूदेखि सुरु गरी उक्त विषयको वर्तमान अनुसन्धान क्षेत्र तथा समस्यासम्मको चर्चा तथा विस्तार गर्ने लक्ष्य राखिएको उक्त वर्कसपको सुरूवाती चरणमा सो वर्कसपमा सहभागिताका लागि छनौट गरिएका सम्पूर्ण सदस्यहरूलाई जानकारी गराइसकिएको र आउँदा दिनहरूमा सहभागीहरूको आवश्यकता, रूची र सक्रियताका आधारमा क्रमश: दोस्रो तथा अन्य चरणहरूमा वर्कसपलाई थप प्रभावकारी बनाउँदै लैजाने सोच रहैको जानकारी वर्कसप संचालन उपसमितिका संयोजक तथा नेपाल गणित समाजका सदस्य डा जीवन काफ्लेले बताउनु भयो ।