२०८१ कातिर्क १९ सोमबार

कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु

  • २०७८ माघ २१ शुक्रबार

काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ ।

२ हजार ५२६ जनामा संक्रमण पुष्टि भएको छ ।

६ हजार ६५५ पीसीआर परीक्षण गर्दा एक हजार ६०२ जनामा र चार हजार ४१८ एन्टिजेन परीक्षण गर्दा ९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५६ हजार ४५७ रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा आठ हजार ४२५ जनामा कोरोना संक्रमणमुक्त भएको छ ।