२०८१ भाद्र २८ शुक्रबार

नेताहरूको चरित्रले देशको हालत बिग्रियो : मन्त्री आले

  • २०७८ माघ २१ शुक्रबार

काठमाण्डौ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेताहरूको कुदृष्टिको कारणले गर्दा देश बिग्रिएको बताएको छन्।

आज शुक्रवार पर्यटन क्षेत्रपुर्देश नरुत्थान निक समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले नेताहरूको कारण देश बिग्रिएको बताएका हुन् ।

नेताहरूको चरित्र असल भएको भए देशको यो हालत नहुने भन्दै उहाँले नेताहरूको कुदृष्टिका कारण देश बिग्रिएको बताउनुभयो । देश बिग्रिनुको पहिलो दोष राजनीतिज्ञहरूलाई जाने उनले बताए ।

मन्त्री आलेले आजको दिनसम्म मन्त्रालय अन्तर्गतको विभिन्न अनियमितताहरूको अध्ययन गर्नमै आफ्नो समय खर्च भइरहेको उल्लेख गरे ।

उनले तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईले बतास समूहसँग सेटिङ गरी सस्तोमा जग्गा भाडामा उपलब्ध गराउनेदेखि विभिन्न निकायमा बतास समूहसँग सम्बन्धित मान्छेहरूलाई राजनीतिक नियुक्ति दिलाएको आरोप पनि लगाए ।

उनले भने , ‘पशुपतिमा धर्मशाला बनिसकेपछि त्यसको टेन्डर प्रक्रिया पनि पशुपति क्षेत्र विकास कोषको मिटिङ बसेर मिटिङले पास गरेपछि मात्र टेन्डर गर्न पाउने कुरा हो । परिषद्को मिटिङबाट त्यो पास पनि भएको छैन । हतार हतारमा टेन्डर निकालेर सेटिङमा त्यो पनि उहाँले लिनुभएछ । हेर्दाखेरि सबै प्रक्रिया गलत छ । डिमप्रसाद पौडेल बतासकै पार्टनर रहेछन् । त्यही मान्छेलाई ल्याएर योगेश भट्टराईजीले के गर्नुभयो, निगमको एमडी बनाउनुभयो । बतासलाई यता धर्मशाला बुझाउनुभयो । यता ल्याएर निगमको एमडी बनाउनुभयो । बतास र धनञ्जय रेग्मी पार्टनर । अनि उहाँलाई ल्याएर पर्यटन बोर्डको सीईओ बनाउनुभयो । कस्तो सेटिङ हेर्नुस् । अनि कसरी बन्छ त हाम्रो देश’