२०८१ माघ ७ सोमबार

भोलि मध्याह्नपछि मौसममा सुधार आउँछ : मौसमविद्

  • admin २०७८ माघ २१ शुक्रबार
sf7df8f}+, k’if @* /f;; xjfO{ hxfhjf6 b]lvPsf] sf7df8f}+ pkTosfsf] ;fTbf]jf6f] j/k/ /x]sf] ;x/sf] b[Zo . tl:a/ M k|bLk/fh jGt,/f;;

काठमाडौं : बिहीबार रातिदेखि काठमाडौं उपत्यका सहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ । यो क्रम रातभर रहने मौसमविद्को भनाइ छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तरगतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी वायु सक्रिय देखिएकोले अहिले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । उनका अनुसार दिउँसो जस्तै रातिको अवस्था हुने छ ।

उनका अनुसार भोलि दिउँसोबाट मौसममा केही सुधार हुने सम्भावना रहेको छ ।

भोलिबाट मौसममा केही सुधार हुने देखिएको छु उनले भनिन्, भोलि मध्याह्नपछि केही सुधार हुन्छ। बादल त लाग्छ, तर वर्षा हुँदैन ।