२०८१ असार २ शनिवार

बजाजको सर्भिसिङ सेन्टर अब टोखा र ग्रीनल्याण्डमा पनि

  • २०७८ माघ २१ शुक्रबार

काठमाण्डौँ : ब्रदर अटो प्रालिले नयाँ आउट लेट सेल तथा सर्भिसिङ सेन्टर टोखा र ग्रीनल्याण्डमा संचालनमा गरेको छ ।

सुविधा सम्पन्न बजाज सेल्स ,सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले टोखा र ग्रीनल्याण्डमा आउट लेट संचालनमा ल्याएको हो।

सेन्टरमा दक्ष प्राविधिकहरूबाट सर्भिसिङ गराइने ब्रदर अटो टोखाका सन्चालक दिलिप आचार्यले जानकारी दिए ।

साथै १ घण्टामा सर्भिसिङको काम सकिने म्यानेजर सुमन श्रेष्ठले दाबी गरे ।

टोखा मोटरसाइकल सर्भिस सेन्टर उद्घाटन गर्दै अटो सञ्चालक बिनोद चौलागाईंले भने, टोखा आउट लेट मा ग्राहकहरूलाई निरन्तर वृद्धि साथै उहाँहरूलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो, यो नयाँ सर्भिस सेन्टरसँगै यसले ग्राहकहरूलाई सहज बनाउनेमा हामी सकारात्मक छौं।
नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालि अन्तरगत बिगत १५ बर्ष देखि निरन्तर सेवा दिदै आएको छ ।