काठमाडौं : देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अरु प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा पनि हल्का वर्षा हुनेछ ।
पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको प्रक्षेपण छ ।
राती देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
आइतबार देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ आँकलन गरिएको छ ।
तपाइँको प्रतिक्रीया