२०८१ चैत ३ सोमबार

कोरोना संक्रमण दर निरन्तर ओरालो, आज कति थपिए ?

  • २०७८ माघ २२ शनिवार

काठमाण्डौ : गएको २४ घण्टामा १ हजार ७ सय १४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

आरडीटी, पीसीआर र एन्टिजेन गरी ८ हजार ५ सय १३ जनामा परीक्षण गरिएकोमा १ हजार ७ सय १४ जना कोरोनाका नयाँ सक्रमित थपिएका हुन् ।

२४ घण्टामा ४ हजार ७ सय ७१ जना कोरोना संक्रमित निको भएका छन् । २४ घण्टामा ९ जनाले ज्यान गुमाएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सख्या ११ हजार ८ सय ३ जना पुगेको छ ।

नेपालमा अहिले ५२ हजार ७ सय ८० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।