काठमाण्डौ : मौसमविदका अनुसार आजदेखि मौसममा पूर्ण सुधार हुने र घमाइलो दिन हुनेछ । केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको कारण वर्षा र हिमपात भएकोमा हिजो दिउँसोदेखि नै मौसममा क्रमिक सुधार हुन थालेको छ ।
आजदेखि दुई–तीन दिन मौसम सुधार हुने र बुधबार, बिहीबारदेखि फेरि अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना देखिएको मौसमविदले बताएका छन् ।
अब अर्को प्रणाली नआएसम्म पानी पर्ने सम्भावना छैन् ।
तपाइँको प्रतिक्रीया