२०८१ माघ २५ शुक्रबार

काठमाडौँमा सोमबारदेखि फाइजर खोपको दोस्रो मात्रा दिइने

  • २०७८ माघ २३ आइतबार

काठमाडौं : काठमाडौँ महानगरपालिकाले यही माघ २४ देखि आगामी फागुन ५ गतेसम्म कोरोनाविरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

जिल्ला खोप समन्वय समिति काठमाडौँको यही माघ २० को निर्णयअनुसार कामपाले फाइजरको दोस्रो मात्रा खोप लगाउने सूचना सार्वजनिक गरेको हो ।

कामपा स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीले जारी गर्नुभएको सूचनाअनुसार तोकिएको मितिमा शनिबारबाहेक अन्य सबै दिन बिहान १० बजेदेखि ४ः०० बजेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ ।