२०८१ असार ११ सोमबार

नेपाल भ्यालुयर्स एसोसिएशन ११ औं वर्षमा

  • २०७८ माघ २३ आइतबार

काठमाण्डौं : नेपाल भ्यालुयर्स एसोसिएशनले ११ औँ वार्षिकोत्सव मनाएको छ ।

एसोसिएशनले आफ्नो स्थापना दिवसको अवसरमा आज एक कार्यक्रमकाबीच केक काटेर वार्षिकोत्सव मनाएको वरिष्ठ सदस्य तथा संस्थापक सचिव इन्जिनियर संजय कुमार महतोले एनडिसी खबरलाई जानकारी दिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष इन्जिनियर ऋिषी कोइरालाले शुभकामना आदनप्रदान गर्दै संस्थाबाट आगामी दिनमा प्रदान गरिने सेवा र सहयोगमा थप अभिवृद्धी गर्दै लैजाने प्रतिवद्धता जनाए ।

सुभकामना आदनप्रदान कार्यक्रममा भ्यालुयर्स एसोसिएशनका संस्थापक अध्यक्ष संस्थापक वसन्तरमण रजौरे, अध्यक्ष इन्जिनियर ऋिषी कोइराला, वरिष्ठ उपाध्यक्ष इन्जिनियर लक्ष्मणबाबु सेढाइ र उपाध्यक्ष इन्जिनियर लैला श्रेष्ठको उपस्थिती रहेको थियो ।

यस्तै, महासचिव इन्जिनियर मुक्ति पाण्डे, कोषाध्यक्ष इन्जिनियर विकाश वाग्ले, तथा संस्थाका कर्मचारी र सदस्यहरुको उपस्थिती रहेको थियो ।

नेपाल भ्यालुयर्स एसोसिएशन चल, अचल सम्पत्तिको धितो मुल्याङ्कन सम्बन्धी कार्यमा संलग्न इन्जिनियरहरुको छाता संस्था हो ।