विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले नेतृत्वको मन्त्रीमण्डल १४ सदस्यीय बनेको छ । आज थप आठजना मन्त्री नियुक्त भएपछि मन्त्रिपरिषद् सदस्यको संख्या १४ पुगेको हो । जसमा १३ मन्त्री र एक राज्यमन्त्री छन् ।
मन्त्रिपरिषदमा आज नेपाली कांग्रेसबाट तीन, नेकपा एकीकृत समाजवादी पार्टीबाट तीन र माओवादी केन्द्रबाट दुईजना थप भएका छन् । प्रदेश १ को मन्त्रिमण्डलमा नेपाली कांग्रेसबाट मोरङका शेखरचन्द्र थापा, झापाका ओमप्रकाश सरावगी र ताप्लेजुङका प्रतापप्रकाश हाङमाङ नियुक्त भएका छन् ।
हाल कायम रहेका सामाजिक विकास मन्त्री जयराम यादव स्वास्थ्य मन्त्री बनेका छन् । लिम्बू पर्यटन तथा संस्कृति मन्त्री बनेकी छन् । घिमिरेले यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
जयराम यादवलाई स्वास्थ्य मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्री रहेका हिमाल कार्कीलाई सडक, पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी नेतृ विष्णुमाया तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री नै रहने छन् ।
नामावली-
ok
तपाइँको प्रतिक्रीया