२०८१ असार ४ सोमबार

जोरबिजोर प्रणाली हट्यो, फागुन १ गतेदेखि भौतिक उपस्थितिमै विद्यालयहरु सञ्चालनमा आउने

  • २०७८ माघ २३ आइतबार

काठमाडौं : कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस अनुसार काठमाण्डौं उपत्यकामा सोमबारदेखि जोर बिजोर प्रणाली हटेको छ । साथै फागुन १ गतेदेखि भौतिक उपस्थितिमै विद्यालयहरु सञ्चालनमा आउने भएको छ ।

उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको प्रशासन कार्यालयले आइतबार मध्यराति सवारी साधानमा जोर बिजोर हटाउने निर्णय गरेको हो ।

फागुन १ गतेदेखि स्कुल, कलेज, ट्युसन सेन्टर लगायतका शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिने जनाइएको छ ।