२०८१ माघ ६ आइतबार

भारतमा धेरैजसो प्रतिबन्ध हट्यो, कोरोना संक्रमणदर घटेर नै हो कि ?

  • २०७८ माघ २४ सोमबार

भारत: भारतले कोरोना रोकथामका लागि भन्दै लगाइएका धेरैजसो प्रतिबन्ध हटाएको छ ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम कम भएसँगै भारतले प्रतिबन्धात्मक नियमहरु हटाउन थालेको हो । सङ्क्रमण हुनेको सङ्ख्या र सङ्क्रमणदर दुवै घटेकाले आजदेखि सबै सरकारी कार्यालय खुल्ने छन् । सरकारी सेवा नियमित अवस्थामा फर्किएको छ ।
आजदेखि सबै कर्मचारी भौतिक रुपमा नै नियमित रुपमा कार्यालय जाने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर, कार्यालयमा स्वास्थ्यका मापदण्ड भने पालना गर्नु पर्नेछ । यस्तै, नयाँ दिल्लीमा बन्द भएका शैक्षिक संस्था पनि आजदेखि खुल्दै छन् ।

दिल्लीका स्कुल, कलेज, कार्यालय लगायतका क्षेत्र खुलेका हुन् । भारतको जनजीवन बिस्तारै पुरानै लयमा फर्किन लागेको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।