२०८१ माघ २५ शुक्रबार

कहिले आउँछ चिनबाट मल ?

  • २०७८ माघ २४ सोमबार

काठमाडौं : चिनियाँ अवरोधका कारण एक लाख १३ हजार मेट्रिकटन रासायनिक मल आयात प्रक्रिया अबरुद्ध भएको कृषि सामग्री कम्पनीले जनाएको छ ।

पाँच महिना अघि नै ठेक्का प्रक्रिया सकिएको उक्त मल आज(भोलि नै नेपाल भित्रिसक्नुपर्नेमा चीनको कारण अन्योलमा फसेको कम्पनीले जनाएको छ ।

मल निर्यात रोक्ने चिनियाँ नीतिका कारण ५० हजार मेट्रिकटन युरिया र ६३ हजार ५३५ मेट्रिकटन डीएपी मल आयात अलपत्र परेको कम्पनीका निमित्त प्रवन्ध सञ्चालक राजेन्द्र कार्कीले बताए । ‘

ठेकदारले मल आयात गर्न ठेक्का पाए, चिनियाँ कम्पनीले मल दिन्छु भन्ने निधो गर्‍यो तर अहिले सरकारी नीति भन्दै मल दिएनन्,’ कार्की भन्छन्, ‘सरकारी तहबाट गरिएको कूटनीतिक प्रयास पनि सफल भएको छैन ।’

नेपालले ठेक्का प्रक्रिया गर्दा चिनियाँ मल उत्पादकले विश्व बजारमा रासायिनक मल बिक्री गरिरहेको भए पनि पछि सरकारले निर्यातमा रोक लगाएको भन्दै मल दिन अस्वीकार गरेको कम्पनीले जनाएको छ ।