२०८१ असार ११ सोमबार

ब्ल्याकमेल गरी नाबालिका करणी गरेको आरोपमा एकजना पक्राउ

  • २०७८ माघ २४ सोमबार

काठमाडौं :  महानगरीय प्रहरी परिसरले फेसबुकमार्फत नाबालिकालाई ब्ल्याकमेल गरी करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पनौती नगरपालिका १ स्थायी घर भई ललितपुरको सुन्धारा बस्‍ने २१ वर्षीय सुजन श्रेष्ठ रहेका छन् ।

उनले सौगात महर्जन नामक नक्कली फेसबुक एकान्टमार्फत साथी बनाई उक्त नाबालिकालाई भिडियो कल गरेर अश्लील भिडियो बनाएर करणी गरेर फरार भएका थिए ।

पक्राउ परेका उनीलाई जिल्ला अदालतबाट मूद्दा दर्ता गरी आदेश लिई पुर्पक्षका लागि थुनामा पठाइएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।