काठमाडौं : काठमाडौंको चक्रपथभित्रका क्षेत्रमा अझै करिब साढे ६ सय किलोमिटर सडकमा पानीको पाइप बिछ्याउन बाँकी रहेको देखिएको छ ।
काठमाडौंमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गर्न नयाँ पाइप बिछ्याउने परियोजनाअन्तरगत निर्माणाधीन ८ सय किलोमिटर क्षेत्रको काममा करिब १५० किलोमिटर क्षेत्रको काम भएको हो ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)का प्रवक्ता उज्वल प्रजापतीका अनुसार काठमाडौं महानगरपालिका र सडक विभागसँग क्रमैसँग सडक खन्ने अनुमति लिएर काम भइरहेको छ ।
अहिले धुम्बाराही, महाराजगञ्ज, सामाखुसी, नयाँबजार, कलंकी, कालीमाटीलगायत क्षेत्रमा पाइप बिछ्याउन ठेक्का लागेर काम भइरहेको छ । सो क्षेत्रमा करिब डेढ सय किलोमिटरमा पाइप बिछ्याउने काम सकिएको र ६५० किलोमिटर क्षेत्रमा काम गर्न बाँकी रहेको प्रवक्ता प्रजापतीले बताए ।
तर, सडक विभागले तुरुन्तै सडक मर्मत गर्ने प्रतिवद्धता नगरे पीआईडीलाई अनुमति नदिने बताइरहेको छ ।
तपाइँको प्रतिक्रीया