काठमाडौं : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
१२ दिन पछि कोरोना संक्रमणबाट मुक्त भएको छु। पिसिआर रिपोर्ट नेगेटिभ आएको छ, उनले भनेका छन् ।
अब सार्वजनिक कार्यक्रममा फर्कने उल्लेख गर्दै भट्टराईले भनेका छन्, देशभित्र र बाहिरबाट स्वास्थ्यलाभको कामना गर्नुहुने, शुभेच्छा व्यक्त गर्नुहुने सबैमा हार्दिक आभार ।
तपाइँको प्रतिक्रीया