२०८१ माघ २५ शुक्रबार

खाजा घरमा तास खेलिरहेका ५ जना पक्राउ

  • २०७८ माघ २४ सोमबार

काठमाडौं : काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७  शिवचोकस्थित कृति बहादुर ब्लोनको जाम्बोलिङ खाजा घरमा तास खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानी बस्ने ४५ वर्षीय राम तिवारी लगायत ५ जनालाई आइतबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

खाजा घरमा तास खेलाई रहेको भन्ने सुराकाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धको टोली त्यहाँ पुगेको थियो । खालबाट १६ हजार ५ रुपैयाँ नगद र ३ बुक तास बरामद गरिएको छ ।