२०८१ माघ ६ आइतबार

डाबर नेपाल : झन्डै १० अर्ब रुपैयाँ लगानी भित्र्याउन स्वीकृति पायो

  • २०७८ माघ २५ मङ्गलबार

काठमाण्डौ : डाबर नेपालले झन्डै १० अर्ब रुपैयाँ लगानी भित्र्याउन स्वीकृति पाएको छ । लगानी बोर्डको आज मङ्गलवार बसेको बोर्ड बैठकले बहुराष्ट्रिय कम्पनी डाबरबाट डाबर नेपालमा थप नौ अर्ब ६८ करोड रुपैयाँ भित्र्याउन अनुमति दिएको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुशील भट्टले उज्यालोलाई जानकारी दिए ।

‘डाबरले नेपालमा क्षमता विकास गर्न र उत्पादनमा विविधता थप्न लगानी बढाउने अनुमति मागेको थियो, आजको बैठकले स्वीकृत गरेको छ, यो खुसीकै विषय हो’, सीईओ भट्टले भने।

डाबरले गएको वैशाखमै नेपालमा थप लगानी भित्र्याउन अनुमति मागे पनि बोर्ड बैठक बस्न ढिलाइ हुँदा स्वीकृति हुन सकेको थिएन । डाबर नेपालले विभिन्न जुस, क्रिम, ग्लुकोज, स्याम्पु, मह लगायतका वस्तु उत्पादन गर्दै आएको छ । डाबरले वार्षिक झन्डै एक अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात पनि गर्दै आएको छ ।

डाबर नेपालको नाफा वार्षिक ५० करोड रुपैयाँको हाराहारीमा रहेको छ । डाबरमा ९७ दशमलव पाँच प्रतिशत भारतीय र साढे दुई प्रतिशत लगानी नेपाली व्यवसायीको छ । ujyaalo