२०८१ असार ४ सोमबार

शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना

  • २०७८ माघ २५ मङ्गलबार

काठमाडौं : वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् ।

शरीरमा अक्सिजन कमी भएपछि जोशीलाई सोमबार ललितपुरको इमाडोलस्थित किस्ट अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको चिकित्सकले बताएका छन् ।

परिवारका सदस्य अजरमान जोशीले भने, ‘स्वास्थ्य ठिक छ।  आज सिटी स्क्यान गरिएको छ । अरु पनि परीक्षण भइरहेको छ । उहाँले किताब पढ्दै हुनुहुन्छ । अघिभन्दा एकदम फ्रेस हुनुहुन्छ ।’

जोशीलाई अझै एकसाता अस्पतालमा बस्नुपर्ने अस्पतालका चिकित्सकले बताएका छन् । डा. जोशी आउँदो वैशाख ३० देखि १०३ वर्षमा प्रवेश गर्दैछन् । annapurna