२०८१ असार ११ सोमबार

६ दिनका लागि प्रतिनिधि सभा बैठक स्थगित

  • admin २०७८ माघ २५ मङ्गलबार
a}7sdf ;xefuL ;f+;b sf7df8f}F, @( j}zfv . k|ltlglw;efsf] ;f]daf/sf] a}7sdf ;xefuL ;f+;b . t:jL/ M /Tg >]i7÷ /f;;

काठमाडौं : प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ । भोलि दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयका अनुसार बैठक स्थगित भएको हो । सरकारको आग्रहमा भोलिका लागि तय भएको बैठक ६ दिनका लागि स्थगित गरिएको जनाइएको छ ।

संसद् सचिवालयले भोलिको बैठको सम्भावित कार्यसूची सार्वजनिक गरेको थियो । कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत बस्ने तयारी हुँदा बैठक सारेको हो । भोलिका लागि सार्वजनिक सम्भावित कार्यसूचीमा एमसीसी सम्झौता समावेश भएको थिएन ।

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी संसदमा टेबुल गर्ने पक्षमा रहेका छन् भने गठबन्धन दलहरुबीच सहमति हुन सकेको छैन ।