२०८१ चैत ३ सोमबार

भन्सार एजेन्टको लिखित परीक्षा फागुन २८ गते

  • २०७८ माघ २६ बुधबार

काठमाडौं :  भन्सार एजेन्टको लिखित परीक्षा आगामी फागुन २८ गते हुने भएको छ ।

भन्सार विभागले आज सूचना जारी गर्दै परीक्षा फागुन २८ गते दिउँसो २ बजे हुने जानकारी दिएको हो । परीक्षा केन्द्र भने पछि प्रकाशन गरिने विभागले जनाएको छ ।

त्यसपछि २०७८ जेठ २२ मा तोकिएको परीक्षा कोरोना संक्रमणका कारण स्थगित गरिएको थियो । त्यसपछि फेरि आगामी माघ २९ गते तोकिएको परीक्षा पनि स्थगित गरिएको थियो ।

पुराना भन्सार एजेन्टको स्वार्थमा परीक्षा लिन विलम्ब गरिएको भन्दै आवेदकहरुले यसअघि भन्सार विभागमा धर्नासमेत दिएका थिए ।

२०७७ साल चैत १७ गते भन्सार एजेन्टको इजाजतपत्रका लागि दरखास्त आवेदन माग गरिएको थियो । ६६० पदका लागि साढे ९ हजारले आवेदन दिएका छन् ।

भन्सार एजेन्टहरुले निकासी र पैठारीकर्ताको काममा सहजीकरण गर्दछन् ।ok