२०८१ भाद्र २८ शुक्रबार

कांग्रेसको पदाधिकारी बैठक बस्दै, बैठक यि एजेण्डामा केन्द्रित हुने

  • २०७८ माघ २६ बुधबार

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठक दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।

बैठकमा भोलि बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकका एजेण्डाबारे छलफल हुने नेपाली कांग्रेसले जनाएको छ ।

बैठकमा स्थानीय तहको निर्वाचन, एमसीसी परियोजना, १६ जिल्लामा बाँकी अधिवेशन, म्याद सकिएका भ्रातृ संस्था लगायतका विषयमा पनि छलफल हुनसक्ने नेताहरुले बताएका छन् ।

कार्यसम्पादन समितिको बैठकका एजेण्डाबारे मंगलबारको पदाधिकारी बैठकमा पनि छलफल भएको थियो । ok