काठमाडौं : नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को रिलिज आगामी फागुन १३ गते गरिने भएको छ ।
नेपाल चलचित्र संघका तर्फबाट अशोक शर्मा र चलचित्र निर्माता संघका तर्फबाट उदय सुब्बा नेतृत्वको कार्यदलले ‘म यस्तो गीत गाउँछु २’ फागुन १३ गतेदेखि रिलिज हुने सहमति जुटाएको हो ।
यस अघि माघ १९ गते यस चलचित्र रिलिज गर्ने तयारी रहेको थियो ।
तर कोरोना संक्रमण तीव्र रुपमा बढेसँगै सरकारले अत्यावश्यकबाहेक बाहिर ननिस्कन भनेको र सिनेमा हल बन्द गर्ने निर्णय गरेकाले रिलिज स्थगित भएको हो ।
सुदर्शन थापाले निर्देशन गरेको ‘म यस्तो गीत गाउँछु २’मा पल शाह, पूजा शर्मा, दिनेश डीसी, हरिहर शर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
शिवम अधिकारी र दिनेश न्यौपानेले मिलेर फिल्मको कथा लेखेका हुन् । कोरोना संक्रमणदर घट्न थालेसँगै चलचित्र क्षेत्र पनि विस्तारे चलायमान ह्ँदै गएको छ ।
तपाइँको प्रतिक्रीया