२०८१ भाद्र २४ सोमबार

कामना सेवा विकास बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीबीच सम्झाैता

  • २०७८ माघ २६ बुधबार

काठमाण्डौ : नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र राष्ट्रिय स्तरको ‘ख’ वर्गको इजाजतपत्र प्राप्त कामना सेवा विकास बैंक लिमिटेडबीच भुक्तानी सेवा र फर्स्याैटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता सम्पन्न भएको छ ।

सोमबार काठमाण्डौमा आयोजित एक कार्यक्रमकाबीच स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र कामना सेवा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

नेपाल राष्ट्र बैंकको नीति र निर्देशनअनुरुप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढावा दिन यो सम्झौता गरिएको हो ।

यस सम्झौतापछि स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र कामना सेवाविकास बैंक बीच एससीटी–यूपीटी डेबिट कार्ड, स्मार्ट क्यूआर, एससीटी–एमपे जस्ता उपकरण प्रयोगको क्षेत्रमा सहकार्य हुने बताइएको छ ।

बैंकले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने विश्वास गरिएको छ ।

साथै, एससीटी सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटीएम, पीओएस, ई–कमर्स जस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुने स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले जनाएको छ । ujyaalo